Rashtriya Dainik

नवलपरासीमा धारीलो हतियार प्रहार गरी एक जनाको हत्या

नवलपरासी , ७ मंसिर

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ मा खुकुरी प्रहार गरेर १ जनाको हत्या भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

आपसी झगडामा विवाद हुदा अज्ञात ब्यक्तिको खुकुरी प्रहारबाट बाग्लुङ्गका ४६ वर्षीय दिलिप कुमार पुनको घटनास्थलमै मृत्यु भएको र स्थानीय विष्णु काउछा घाईते भएको पश्चिम नवलपरासीका प्रमुख एसपी ऋषिराम कण्डेलले जानकारी दिनु भयो ।

घाईतेको बुटवलमा उपचार भैरहेको छ । खुकुरी प्रहार कसले गर्यो र के कारणले घटना घट्यो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित