Rashtriya Dainik

अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन

बंगाली अभिनेत्री एन्ड्रिला शर्माको २४ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि कोमामा रहेकी अभिनेत्री शर्माको उपचारका क्रममा आइतबार निधन भएको हो।

उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिइन्। उनलाई १ नोभेम्बरमा ब्रेन स्ट्रोक भएको थियो। सोही दिन उनलाई अस्पताल भर्ना गरिएको थियो।

बंगाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री शर्माले टिभी शो झुमुरबाट अभिनयमा डेब्यु गरेकी थिइन्।

यसबाहेक उनले कयौं शोहरुमा आफ्नो दमदार प्रस्तुति दिएकी छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित