काठमाण्डौ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित हुनुभएको छ । सिंहले ७ हजार १४३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गर्नुभएको छ ।
मिश्रकोभन्दा १२५ मत बढी ल्याएर सिंह विजयी हुनुभएको हाे । काठमाण्डाै १ बाट प्रतिनिधिसभा सदस्यकाे लागि ११ जना स्वतन्त्रसहित ३२ जना उम्मेदवार थिए ।
वि. स. २०७४ काे प्रतिनिधि सभा चुनावमा पनि रविन्द्र मिश्रकाे भन्दा ८१९ मत बढी ल्याएर सिंह निर्वाचित हुनुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

