पर्सा, २९ मंसिर ÷ नारायणी अस्पतालका मेसु डा. एस. के ठाकुरको कर्तुत बाहिर आएको छ । नारायणी अस्पतालमा कार्यरत सबै कर्मचारीलाई समयावधि भरी कार्यालय भित्र रहि सेवा गर्न निर्देशन दिएपनि आफै आफ्नो निजि क्लिनीकमा ब्यस्त रहेको पाइएका छन । वीरगंज स्थित रहेको नारायणी अस्पतालमा बिहान एक पटक जाने गरेको त्यस पश्चात आफ्नो नीजि क्लिनकमा ब्यस्त हुने गरेको पाइएको हो । तत्काल मेसु डाक्टर मदन उपाध्यायले काज फिर्ता लिनसाथ नारायणी अस्पतालको मेसु डाक्टर संजय ठाकुरलाई पठाइएको थियो । तर नारायणी अस्पतालमा ठाकुर आउनसाथ आफ्नो मनोमानी ढंगले अस्पताललाई प्रयोग गर्दै आइरहेको कर्मचारीहरु बताउछन । डाक्टर संजय ठाकुरले आफ्नो कार्यकालमा बिभिन्न किसिमको सेवा सुविधा थपिएको आफ्नै समाजिक संजाल मार्फत जानकारी गराउदै आएका छन । तर वास्तविक्ता चाहि नारायणी अस्पतालका मेसु पदमा रहेका ठाकुरले उपचारको लागी जाने गरेको बिरामीहरुलाई आफ्नै क्लिनीकमा बोलाउने गरेको रहस्य बाहिरिएको हो । समाजिक संजालको माध्यमले आफ्नो प्रचार प्रसारमा लागेका डाक्टर संजय ठाकुरले नीजि क्लिनीकमा व्यस्त रहेका छन भने अस्पतालको दिन प्रति दिन ध्वस्त हुदै गएको अस्पताल श्रोतले जनाएको छ । नारायणी अस्पतालमा उपचार गराउन आउने बिरामीलाई आफ्नो नीजि स्वार्थका कारण ललाई फकाई गरी आफ्नो नीजि क्लिनीकमा बोलाउने गरेको प्रमाण समेत यस अनलाइनलाई प्राप्त भएको छ । नारायणी अस्पतालको हाल विभागीय प्रमुख तथा मेसु डाक्टर संजय ठाकुर दुइ वटा पदमा रहेका छन । तर नारायणी अस्पताललाई आफ्नो कमाई खाने थल्लो बनाउदै गएका छन । आफ्नो क्लिनीक चलाउन डाक्टर ठाकुरले नारायणी अस्पतालबाट बिरामीको बिलमा आफ्नो छापको प्रयोग गरी नीजि क्लिनीकमा बोलाएको बिषयमा प्रमाण फेला परेको हो । राजनीतिको आडमा नारायणी अस्पताललाई प्रयोग गर्दै आएका डाक्टर ठाकुरको कार्यशैलीले गर्दा कर्मचारीहरु समेत असन्तिुष्ट देखिएका छन । समाजिक संजालमा आफ्नो प्रचार प्रसारमा जुटेका डाक्टर ठाकुरले बिगतको दिनमा भइरहेको सोडियम पोटासियम चेकजाच हालको समयमा नभएको अस्पताल श्रोतले बताएको छ । बिगतको दिनमा सोडियम पोटासियमको साथै रक्तजाच चेकजाच समेत हुने गरिन थियो तर बिगत ४ महिनादेखी उक्त किसिमको चेकजाच समेत प्रभावित भएको छ । आफ्नो कमिसन पकाउनको निम्ति बिरामीलाई बाहिर चेकजाच गराउनको निम्ति पठाउने र आफ्नो नीजि क्लिनीकमा उपचारको लागी बोलाउने गरेको कर्मचारी श्रोतले दावी गरेका छन । एक चिकित्सक डा मनोज गुप्ताको, कोभिडमा काम गरेको सिफारिस दिन १८ दिन लागेको चिकित्सकले बताए । एउटा स्वास्थय क्षेत्रमा काम गरिरहेका डाक्टरको सिफारिस समेत गर्नबाट पछि हटने डाक्टर ठाकुरले नागरिक्ता प्रकरणमा समेत हुल हुजेत गरेको श्रोतको दावी रहेको छ । एक अर्को प्रसङ्गमा सो अस्पतालको सर्जरी बिभाग प्रमुख डा खालिद हसनको छोरीको नागरिकता बनाउनु पर्ने हु“दा ,सिफारिसको लागि जादा हुलहुज्जत नै भएको श्रोतले दावी गरे । सताको आडमा स्वास्थय सम्बन्धी बिरामीको जिवन संग खेलवाड गर्दै आएका यस्ता कर्मचारी माथि सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक देखिन्छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।