काठमाण्डाै – प्रतिनिधि सभातर्फ नेपाली कांग्रेस मुस्ताङका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ । २९ वर्षीय गौचनले एमालेका ६० वर्षका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९ सय १४ मतले हराउनुभएको हो ।
गौचनले ३ हजार ९ सय ९२ मत प्राप्त गर्नुभएको छ भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुनुहुन्छ ।
२०७४ को चुनावमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गर्नुभएको थियो । निर्वाचन आयोगले मतपरिणाको घोषणा भने गर्न बाँकी रहेको छ । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याउनु भएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

