Rashtriya Dainik

पश्चिम नवलपरासीमा कुल ७२ प्रतिशत मत खस्यो

राष्ट्रिय दैनिक / नवलपरासी , ४ मंसिर ।

पश्चिम नवलपरासीमा कुल ७२ प्रतिशत मत खसेको छ ।

जिल्लामा विहान ७ बजेबाट २८७ मतदान केन्द्रबाट शुरु भएको मतदानमा कुल ७२ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिनु भएको छ ।

जिल्लामा कुल २ लाख ४० हजार ९३० मतदाता रहेकोमा १ लाख ७३ हजार ४६९ जना मतदाताले मतदान गरेका छन् ।

जिल्लामा विना कुनै अवरोध, सौहार्द र सजह वातावरणमा मतदान कार्य सकिएको छ ।

अहिले मतगणना स्थलमा मतपेटिकाहरु आउने क्रम जारी रहेको छ । मतपेटिकाहरु सुरक्षित रुपमा मतगणना स्थलमा आईपुगेपछि सर्वदलिय बैठक गरि प्रकृया पु¥याएर मतगणना कार्य प्रारम्भ गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा कुल १२० मतदान स्थल र २८७ मतदान केन्द्र थियो । निर्वाचन क्षेत्र १ को मतगणना बर्दघाट नगरपालिका र निर्वाचन क्षेत्र २ को मतगणना रामग्राम नगरपालिका कार्यालयमा गरिने जनाइएको छ ।

मतगणना कार्य उच्च सुरक्षा व्यवस्थाको बिच गरिने छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित