राष्ट्रिय दैनिक / नवलपरासी,१ कार्तिक
लुम्विनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री तथा सरकारका प्रबक्ता बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री चौधरी संगै उहाँकी श्रीमती द्रोपदा चौधरी, सुरक्षागार्ड सुन्दर बुढाथोकी, ड्राईभर यम बहादुर थापा र भान्से पार्वती केवटको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
आफु लगायत आफुसंगै रहेका ४ जनालाई कोरोना संक्रमण भएको जानकारी मन्त्री चौधरीले सामाजीक संजाल फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।
मन्त्री चौधरीले फेसबुकमा लेख्नुभएको छ “म संग नजिकमा रहनुभएका सम्पुर्णलाई जानकारीका लागि र सजगता अपनाउन आग्रह गर्दछु् ।” उहाँले आफु विहिबार देखि होम आईसोलेसनमा आराम गरिरहेको पनि जानकारी दिनुभएको छ ।
संक्रमित भएका ५ जना मध्ये आफुलाई मात्र रुघा लागेको र अन्य ४ जनामा कुनै दक्षण नदेखिएको पनि मन्त्री चौधरीले फेसबुक मार्फत जानकारी दिनुभएको छ ।
पछिल्लो समय लुम्विनी प्रदेशका प्रदेश सभाका सभामुख पुर्ण बहादुर घर्ती, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केशी लगायतलाई पनि कोरोना संक्रम भएको थियो ।
मन्त्री चौधरीले गत शनिवार पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित राष्ट्रिय युवासंघ नेपाल नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सपथग्रहण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो । कोरोना संक्रमण भएपछि मन्त्री चौधरी भैरहवा स्थित मन्त्री क्वाटरमै आराम गरिरहनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

