कृष्णनगर । कपिलवस्तु कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले भूमिहिनहरुलाई लालपूर्जा दिने कामको थालनी नगरपालिकामा सुरु भएको बताउनुभएको छ । लुम्बिनी प्रदेशको बुटवलमा आइतबार भूमि समस्या समाधान आयोगसंग सम्झौतापत्रमा हस्ताक्षर गरेपछि मायादेवी अनलाइनसंग संक्षिप्त प्रतिक्रिया दिदैं नगर प्रमुख शाहले नगरभित्र बसोबास गर्ने घरबारबिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका नागरिकलाई लालपूर्जा दिने अभियानको थालनी गर्ने बताउनुभयो । नगरभित्र यस्तो समस्या विकराल रहेको भन्दै अब भूमिहिनलाई भूमिपति बनाएर आफ्नो जिम्मेवारी पूरा गर्ने सपना साकार हुन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो । तीव्र गतिमा यो कामको थालनी गरेमात्र भूमिहिनले लालपूर्जा बनाउने भएकाले अब तत्काल आयोगले तोकेका कामहरु गर्ने उहाँले बताउनुभयो । कपिलवस्तुमा ६ स्थानीय तहले यो समस्या समाधानको जिम्मेवारी पाएका छन् ।सभार मायादेवी आनलाइन डटकम। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।