बारा २५ कात्तिक ।
बारा क्षेत्र नं. ३ “ख” बाट प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार प्रदिप प्रसाद यादवले शुक्रवार कलैया उपमहानगरपालिका वडा नं. ६ को विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम गर्नु भएको छ ।
स्वतन्त्र उम्मेदवार यादवले शुक्रवार कलैया–६ को मदरसा टोल, पर्सा टोल लगायतका टोलहरुमा सयौंको सहभागीतामा घरदैलो गरेका हुन् । उम्मेदवार यादवले गर्ने गरेका हरेक चुनावी कार्यक्रमहरुमा जनसमर्थन बढन थालेपछि उनको जित नजिक रहेको आकलन हुन थालेको छ ।
यादवको घरदैलो अभियानमा स्थानीय मतदाताहरुले यसपालिको निर्वाचनमा जनता प्रेमीको रुपमा चिनिने स्वतन्त्र उम्मेदवारलाई अग्रिम जितको शुभकामना समेत दिएका थिए । स्थानीयहरुका अनुसार हालसम्म पार्टीका नेताहरुले निर्वाचित भएर गएपनि विकास बारे देखाएको सपना सपनामै सिमित हुने गरेको बताए । दिनको दिन रातको रात नबुझि जनताको सेवामा खटिदै आएका युवा स्वतन्त्र नेता यादवलाई यसपालिको निर्वाचनमा निर्वाचित गराउने उनले बताए ।
घरदैलो कार्यक्रममा यादवले आफुलाई लालटेन छापमा मत हालेर भारी बहुमतले विजयी बनाउन मतदाताहरु संग आग्रह गर्दै पर्चा, पम्पलेट तथा ब्यालेट पेपरको नमुना समेत बाँडेका थिए । घरदैलोमा वीरगंज देखि भारतको दिल्लीसम्म पैदल यात्रा गरेको युवा शेख मुन्ना, स्थानिय समाजसेवी, बुद्धिजिवि, महिला लगायत सयौंको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

