Rashtriya Dainik

रूपन्देहीको सियारी गाउँपालिकाबाट दिइने सम्पुर्ण सेवा आइतबारदेखि नव निर्मित भवनबाट

तुलसी राम पौडेल /रूपन्देही /सियारी/मंसिर २८

रुपन्देहीको सियारी गाउँपालिकाले सम्पूर्ण शाखाबाट दिइने सेवा आइतबारदेखि नवनिर्मित प्रशासकीय भवनबाट शुरु गरेको छ।
गाउँपालिकाले हिन्दु परम्परा अनुसार रुद्री पुजा गरि नव निर्मित प्रशासकीय भवनमा शुक्रबार शुभ साइतमा गृह प्रवेश गरेको थियोे । गाउँपालिकाको नव निर्मित भवन निर्माणको लागि २०७५ सालको भाद्रमा टेण्डर प्रक्रियाबाट २०७७ असोज महिना भित्र निर्माण सम्पन्न हुने गरि आशिष निर्माण सेवालाई ५ करोड ८५ लाख रुपैयामा ठेक्का दिइएको थियोे ।कोभिड्को कारणले निर्माण ढिलो सम्पन्न हुने देखिएपछि गाउँपालिकाले २०७७ पौष मसान्तसम्म म्याद थप गरेको थियो तैपनि अघि नै निर्माण कार्य सम्पन्न गरि गाउँपालिकालाइ भवन हस्तान्तरण भएकोले नया भवनबाट सेवा शुरु गर्न थालिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मिनप्रसाद भट्टराईले बताउनु भयो ।उहाले भन्नुभयो ” गाउँपालिका रहेको पुरानो ठाउ अति नै सागुरो भएकोले जनताले चाहे जति सेवा दिन सकिएको थिएन अब नया भवनबाट सेवा दिन धेरै सजिलो हुने भएको छ।” गाउँपालिकाका सम्पूर्ण शाखाहरुबाट दिइने सेवा अब नव निर्मित भवनबाट लिइने हुदा सेवा ग्राहिले छिटोछरितो सेवा पाउने प्रमुख प्रसासकिय अधिकृत भट्टराईले बताउनु भयो ।
सियारी गाउँपालिकाको नव निर्मित भवनको उदघाटन दुई महिनापछि हुने गाउँपालिका अध्यक्ष अयोध्या थारूले बताउनु भयो ।भवन निर्माण भैसकेको अवस्थामा सेवाग्राहीलाई गाउपालिकाबाट दिइने सम्पूर्ण सेवा एकै ठाउबाट छिटोछरितो प्रवाह गर्नको लागि उदघाट्न अगावै रुद्री पुजा गरि गृह प्रवेश गरिएको बताउनु भयो ।नव निर्मित भवनको पर्खाल र नजिकै निर्माण भैइरहेको ८०० क्षमताको बहुउद्देश्यीय हलको निर्माण बाकी रहेकोले उदघाटनको कार्य दुई महिनापछि ढकेलिएको अध्यक्ष अयोध्या थारुले बताउनु भयो ।साथै उहाले धेरै सेवाग्राहीहरुको सहभागितामा मन्त्रीबाट नव निर्मित भवनको उदघाटन गरिने बताउनु भयो । गाउँपालिका रहेकोे पुरानो ठाउमा आयुर्वेद अस्पताल ,हुलाक र वडा कार्यालय रहने अध्यक्ष थारुले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित