उमेश बि.क/ नवलपरासी ,२८ मंसिर नेपाली कांग्रेस जिल्ला कार्यसमिति पश्चिम नवलपरासीले सरकार विरुद्ध गर्न लागेको बृहत प्रर्दशनको तयारी अन्तिम चरणमा पुगेको छ । सरकारको अधिनायकवादी र दमनकारी ब्यवहारविरुद्ध यही मंसिर २९ गते केन्द्रिय कार्यक्रम अनुसार नवलपरासी लगायत देशभर कांग्रेसले प्रर्दशन गर्न लागेको हो । नवलपरासीमा पनि बृहत प्रर्दशनसहित वर्तमान सरकारको कार्यशैलीको भण्डाफोर गर्ने तयारी भइरहेको नेपाली कांग्रेस नवलपरासीकाे सभापति बिष्णु पाैडेलले जानकारी दिनुभयो । उक्त दिन बिहान ११ बजे नेपाली कांग्रेस नवलपरासीको कार्यालय परासीबाट प्रर्दशन सुरु भएर सदरमुकामको विभिन्न भागको परिक्रमा गरिने उहाँले बताउनु भयो । उक्त प्रर्दशनमा सहभागी जिल्लाका विभिन्न स्थानमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता,भातृसंगठन,सुबेच्छुक तथा सर्बसाधारण लगायत सबैलाई अपिल गरिएको सभापति पाैडेलको भनाई छ । ‘वर्तमान अधिनायकवादी सरकारले सर्बसाधारण नागरिकलाई अनेक दुःख दिइरहेको छ । यसका विरुद्ध सबै नागरिक सडकमा उत्रिएर सरकारको भण्डाफोर गर्न जरुरी छ,’ उहाँले भन्नुभयो । प्रर्दशनलाई लक्षित गरेर कांग्रेस नवलपरासीले जिल्ला कार्यसमिति, पदाधिकारी, तीन वटै क्षेत्रका कार्यसमिति, पदाधिकारी, भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधी लगायतसँग निरन्तर छलफल गर्दै आएको जनाएको छ । तनहुँमा रहेको एक पुल उद्घाटन गर्न जाने क्रममा केहीदिन अघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरी प्रशासनले बल प्रयोग गरेर नियन्त्रणमा लिई मुक्त गरेपछि नेपाली कांग्रेस आक्रोशित बनेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।