आन्दोलन गर्न काठमाडौं आइपुगे उखु किसान

काठमाडौं । चिनी मिलहरूबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् ।

उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा आफूहरु काठमाडौं आएको किसान हरिश्याम यादवले बताए । आइतबार बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन थाल्ने तयारी छ ।

उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार केही काठमाडौं आलिएसकेका छन् भने अरु आउँदैछन् । यस पटकको आन्दोलनमा एक हजार किसानले सहभागीता जनाउँछन्, मिश्रले भने ।

चिनी मिलबाट वषौंदेखि भुक्तानी नपाएर पीडित बनेका किसानहरु सरकारले समेत झुलाएको गुनासो गर्छन् । गतवर्ष उद्योग वाणिज्य तथा आपर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो ।

तर एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् । सरकारी तथ्याङ्क अनुसार उखु मिलसंग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।

श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ उखु किसानलाई बुझाउन बाँकी छ ।

इन्दिरा र अन्नपूर्ण तथा श्रीराम सुगर मिलले किसनको बक्यौता तिर्न जग्गा बिक्रीको प्रस्ताव राखेको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot