राष्ट्रिय दैनिक / नवलपरासी , १९ कार्तिक
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाबाट ६ जना फरार प्रतिबादी पक्राउ परेका छन।
प्रहरी चौकी बासाबाट खटि गएको प्रहरी टोलीले सरावल गाउंपालिकाको बिभिन्न स्थानबाट बिभिन्न कसुरहरुमा संलग्न भएको फरार प्रतिबादी पक्राउ परेका हुन ।
सम्मानित जिल्ला अदालतको आदेशले बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भएका फरार प्रतिबादीहरुलाई पक्राउ गरि कैद तथा जरिवाना भुक्तानीको लागि जिल्ला अदालत नवलपरासी पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भाेज राज पाण्डेयले जानकारी दिनुभएको हाे।
अंश मुद्धामा सरावल गा.पा. वडा नं २ बस्ने नारायण प्रसाद कंडेललाई १८१५० रुपैया सम्मानित जिल्ला अदालत जरिवाना ताेकेकाे छ । त्यस्तै साेहि गा.पा वडा नं. १ का रामसमुझ भरलाई हातहतियार फेला पारी ४ महिना कैद सजाय ताेकेकाे छ ।
त्यस्तै सरावल गा.पा. वडा नं. १ काे दुबर केवटलाई चेक अनादर गरेको मुद्धामा २ हजार जरिवाना ताेकिएकाे छ । त्यस्तै सरावल १ का राकेश यादवलाई सवारी ज्यान मुद्धामा २ हजार जरिवाना ताेकिएकाे छ । त्यस्तै सरावल १ का खेलजित फौजदारलाई लागु औषध मुद्धामा २ हजार जरिवाना तथा २ महिना कैद सजाय ताेकिएकाे छ ।
त्यस्तै सरावल १ का यज्ञनाथ फौजदारलाई जालसाजी मुद्दामा २ हजार ५ सय जरिवाना ताेकिएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भाेज राज पाण्डेयले जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

