राष्ट्रिय दैनिक / नवलपरासी , १८ कार्तिक
पश्चिम नवलपरासीबाट अबैध रुपमा उत्खनन र सामान लोड गरी ल्याउने क्रममा नियन्त्रणमा लिएको छ ।
सुनवल नगरपालिका वडा नं ४ तुरिया स्थितमा इलाका प्रहरी कार्यालय सुनवल र शसस्त्र प्रहरी बल नेपाल जिल्ला कमाण्ड पोष्ट परासीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले अबैध रुपमा उत्खनन गरि ढुङ्गा लोड गरेर ल्याउने क्रममा नियन्त्रणमा लिएको हाे।
पश्चिमवाट पुर्व तर्फ जादै गरेको अवस्थामा लु २ ख ५५६७ र लु २ ख ३७९८ नम्वरको हाइवा टिप्परलाई फेला पारि नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भाेज राज पाण्डेयले जानकारी दिनुभएको हाे।
नियन्त्रणमा लिइएको हाइवा टिप्परलाई आबस्यक कार्बाहीको लागि सुनवल नगरपालिकामा पठाईकाे र सो बिषयमा थप अनुसन्धान भैरहेको सुचना अधिकारी पाण्डेयले जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

