Rashtriya Dainik

कण्डेलकाे ९ बुँदे प्रतिवद्धता:बेरोजगार युवाहरुलाई रोजगारको व्यवस्था सहित कृषिमा आधुनिकिकरण

राष्ट्रिय दैनिक / नवलपरासी , १८ कार्तिक

पश्चिम नवलपरासीको क्षेत्र नं. २ नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार देबेन्द्रराज कण्डेलले ९ बुँदे प्रतिबद्धता एवं संकल्प सार्वजनिक गरेका छन् ।

नेता कण्डेलले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै बेरोजगार युवाहरुलाई उचित रोजगारको व्यवस्था तथा कृषिमा आधुनिकिकरण र कृषि स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिने घोषणा गरेका छन् ।

वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने र आफ्नै भूमिमा रोजगारी सिर्जना गर्न सीपमूलक तालिम र आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालनमा ल्याउने कण्डेलले जनाएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा गाउँदेखि नगर जोड्ने पक्की सडक सञ्जालको विस्तार गर्ने, सुशासन कायम गर्ने कण्डेलले बताएका छन् ।

कण्डेलकाे ९ बुँदे प्रतिवद्धता एवं संकल्प जस्ताको त्यस्तै

(१) व्यापारिक महत्त्वको मार्गको रुपमा कार्य प्रारम्भ भएको महेशपुर परासी सुनवलको चारलेनको बाटोलाई विस्तार गर्दै महलपोखरी-पाल्पाहुँदै कालीगण्डकी करीडोर तथा परासी- भूमही धुरकोट- पाल्पा बाटोलाई समेत सोही करीडोरमा जोडी पोखरासम्म जोड्ने मुख्य लक्ष्यका साथै यस क्षेत्र भित्रका व्यावसायिक महत्त्वका सडक तथा पुल पुलेसाको स्तरोन्नती एवं निर्माण गरिनेछ ।

२) यस क्षेत्रभित्र रहेका भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवास समस्यालाई समाधान गरिनेछ ।

(३) यस क्षेत्रभित्र रहेका विभिन्न तहका विद्यालय, मदरसा सहित उच्च शिक्षाका शैक्षिक संस्थाहरु पाल्ही क्याम्पस, देवकोटा क्याम्पस, मोतीलाल क्याम्पस र अस्नैया क्याम्पसहरुको पूर्वाधार थपका लागि आवश्यक सहयोग गरिनेछ ।

(४) यस क्षेत्रभित्र आवश्यकता अनुसार खानेपानी, सिचाई एवं तटबन्धको व्यवस्था गरिनेछ ।

५) बेरोजगार युवाहरुलाई उचित रोजगारको व्यवस्था गर्नका लागि कृषिमा आधुनिकिकरण, कृषि स्वरोजगार कार्यक्रम तथा विभिन्न व्यावसायिक समस्याहरुको उचित निराकरणका साथै यस क्षेत्रलाई औद्योगिक हबका रुपमा विकाश गरिनेछ ।

६) पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सरावल र सुनवलको उपयुक्त र पायक पर्ने स्थानमा हस्पिटल (ट्रमा सेन्टर) को निर्माण गरिनेछ ।

(७) यस क्षेत्रभित्र रहेका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरु रामग्राम स्तुप, पन्डितपुर, पाल्ही भगवती, बाबा बर्दगोरिया, मामीसतिसओरिया, महलपोखरी, तरगौली ताल, कोलवृक्ष ककरपत्तनगर लगायत धार्मिक एवं पर्यटकीय स्थलको आवश्यक सुधार, संरक्षण र सम्बर्द्धन गरिनेछ ।

(८) महेशपर मूल भन्सारको जग्गाको व्यवस्थापन सहित स्तरोन्नती एवं विकाशका लागि आवश्यक पहल गरिनेछ ।

९) स्वास्थ्य र व्यक्तित्व विकासका लागि खेलकुद विकास तथा योग, ध्यान केन्द्रको व्यवस्थापनमा विशेष जोड दिइनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित