राष्ट्रिय दैनिक / नवलपरासी , १८ कार्तिक
नेपाली काङ्ग्रेस पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले आफ्नो एजेन्डा केवल चुनाव प्रचार प्रसारका लागि मात्र नभएको स्पष्ट पारेका छ्न।
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले आज सुस्ताको नर्सही र कुडियामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले जनतालाई यो क्षेत्र मित्र राष्ट्र भारत सग र राजमार्गको नजिक हुदाहुदै सम्भावनाका बिच पछि परेको भन्दै चौधरीले चिन्ता ब्यक्त गरे।यहाका जनजनको समस्यालाई मैले नजिक बाट नियालेको छु गरिबी,अशिक्षा,बेरोजगारी नै यहाको मुल समस्या रहेको आफुले महसुस गरेको चौधरीले बताए।हजारौ युवाहरू यो क्षेत्रबाट खाडी मुलुक जाने अवस्था पाए चौधरीले भने हामी गहिरो गरि यहाको समस्याको अध्ययन गरीरहेका छौ ।यसको दीर्घकालीन समाधान गरि परिवर्तन गरेरै छाड्ने चौधरीले प्रतिबद्धता ब्यक्त गरे।चुनावका बेला आम जनताले सबै कुरालाई राजनीति सग मात्र जोड्न नहुने चौधरीले बताए।एउटा असल र जिम्मेवार नागरिकले सच्चा रुपमा कर्तव्य निर्वाह गरेमात्र मुलुकको परिवर्तन सम्भव हुने चौधरीको बिश्वास छ।चौधरीले अबको बिकासको यात्रामा जोडिन सबैलाई अनुरोध गरे।म जति गर्न सक्छु त्यति मात्र बोल्छु,जे बोल्छु त्यो गरेरै छाड्छु उनले भने तपाईहरुले आज सम्म ईमान्दारिता देखाउनु भयो तर मतदाताको ईमान्दारिता को म सम्मान गर्छु चौधरीले भने।
चौधरीले यस क्षेत्रको सबै समस्याको पहलका लागि आफू तयार रहेको बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

