Rashtriya Dainik

पर्सा १ “ख”मा मुख्यमन्त्री गद्दी र रामनारयणको विकल्पमा युवा उम्मेदवार सर्राफ रहेको चर्चा

वीरगंज १८ कात्तिक ।
आउदो मंसिर ४ गते हुने संघीय तथा प्रदेशको निर्वाचनको लागि पर्सा जिल्ला लगायत देशभरि नै चुनावी चर्चा छाएको छ । खास गरेर पर्सा जिल्लाको वीरगंज मुलुकै लागि औद्योगिक नगरी पनि भएको कारण यहाँ चुनावी चर्चा परिचर्चा धेरै हुने गरेको छ ।
पर्सा जिल्लाको क्षेत्र नं. १ को (ख) मा गत २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भई मुख्यमन्त्री बनेका मोहम्मद लालबाबु राउत गद्दी पर्सा लगायत वीरगंजबासीको लागि कुनै विकास निर्माणको काम नगरेको तथा विभिन्न काण्डमा भ्रष्टाचारको आरोप लागि सकेको कारण यहाँका नागरिकहरु उनको विकल्पमा अन्य उम्मेदवारलाई खोजि रहेका छन् ।
त्यसैगरी पर्सा क्षेत्र नं. १ को (ख) मा प्रदेशसभा सदस्यको लागि पाँचदलीय गठबन्धनबाट रामनारायण कुर्मी उम्मेदवार छन् । यस क्षेत्रका जनताले मुख्यमन्त्रीको विकल्पमा अन्य उम्मेदवार खोजि रहेको अवस्थामा कुर्मी पनि दरिलो उम्मेदवार भने छैनन् । उनी यस क्षेत्रका मतदाता पनि हैनन् । उनको घर वीरगंज महानगरपालिका वडा नं. १४ पिपरामा छन् । जुन पर्साको क्षेत्र नं. १ को (क) मा पर्छ । यस भन्दा अघिको निर्वाचनमा प्रदेशसभा सदस्यमै आफ्नो क्षेत्रबाट उठ्दा पराजित भएपछि उनी आफ्नो क्षेत्र परिवर्तन गरि यस पटकको निर्वाचनमा क्षेत्र नं. १ को (ख) बाट उम्मेदवार छन् ।
कुर्मी पिपरा स्थित नृसिंह माध्यमिक विद्यालयका अध्यक्ष १० वर्ष रहि सकेका छन् । ३ कार्यकाल उनी अध्यक्ष बनेका छन् । त्यस अवधिमा विद्यालयमा कुनैपनि काम गर्न सकेका छन् । विद्यालयमा आफ्नो बुहारी, ज्वाँई लगायत घरपरिवारको सदस्यलाई भर्ना गर्नुको साथै आसेपासेहरुलाई विभिन्न पदमा नियुक्ति गरेको उनीमाथि आरोप लागेको थियो ।
इमान्दारिको ढोल पिट्दै प्रचारवाजी गर्दै हिँडेका रामनारायण कुर्मी विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका छन् । १० वर्षसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहँदा सिंन्को समेत भाँच्न नसकेका कुर्मी अब प्रदेश सभा सदस्यमा विजयी भए के गर्लान् ? भन्ने खोजविनको विषय बनेको छ ।
विकाल्पमा युवा उम्मेदवार सर्राफ
पर्सा क्षेत्र नंं. १ को (ख) मा मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी र स्कूलमा १० वर्ष रहदा पनि केही गर्न नसेको सत्ता गठबन्धनका उम्मेदवार रामनारायणी कुर्मीको विकल्पमा युवा उम्मेदवार ओमप्रकाश सर्राफ देखिएका छन् । उनी अहिले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । यस वर्षको चुनावमा क्षेत्र नं. १ को (ख) मा युवा उम्मेदवार सर्राफको विजयी हुने लगभग पक्का पक्की छ ।
यस क्षेत्रका जनताहरु उनीलाई मन पराएका छन् । विगत लामो समयदेखि राजनीति यात्रा गर्नुका साथै समाजसेवा कार्यमा सक्रिय रहँदै आएका छन् । मधेश आन्दोलनमा पनि उनको उल्लेखनीय भूमिका रहेको र उनले गरेका कामको मूल्याँकन गरेर उनी अहिले जनताको साथ पाउने आशमा छन् । जनताले पनि उनीलाई जिताउने प्रतिबद्धता समेत जनाउँदै आएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित