नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार विनोद चौधरीले अहिलेको राजनीतिक अवस्थालाई हेर्दा समृद्ध मुलुक निर्माणको बाधक बजेट नभै नेतृत्वमा स्पष्ट भिजन र सोचको अभाव भएको बताएका छन।
नेपाली काङ्ग्रेसले आयोजना गरेको विभिन्न चुनावी कार्यक्रममा बोल्दै चौधरीले मुलुक संरचनाको परिवर्तन पछि पनि बिकासले अपेक्षित गती लिन नसक्नु नेतृत्वमा स्पष्ट खाका र सोचको अभाव भएको उनको तर्क छ।राजनीतिक दलका नेतृत्वहरु आफ्ना एजेन्डा भन्दा पनि आरोप र प्रत्यारोप गरि जनतालाई भ्रमित पार्ने दाउमा तल्लिन हुने गरेको उनको आरोप छ।
हामी सबैको एउटै मुद्दा भनेको यहाको चौतर्फी बिकास हो तसर्थ सबै दल र नेतृत्वले बिकासे मुद्दामा राजनीति गर्ने नहुने चौधरीले बताए।हामी यो क्षेत्रमा आरोप प्रत्यारोपमै २५ बर्ष अल्झियेछौ यसको उपलब्धि के त,फाईदा कस्लाई उनले प्रश्न गरे।हामी अनेकौ बहानामा अल्झिएर संकल्प,दृढ बिश्वास लिएर अघि बढ्न सकेनौ यस्ले यो क्षेत्रको बिकासलाई कहिल्यै गन्तब्यमा पुर्याउन दिएन एक पटक मनन गरौ अनेक बहानामा बाधक कति हामी नै त होईनौ चौधरीले भने।जनताले बिश्वास गरि जिताएर पठाएकै हुन जितिरहदा सधै यो क्षेत्र किन हारिरह्यो अब जनताले पनि बुझ्नु पर्ने बेला आएको चौधरीको भनाई छ।
शिक्षा,स्वास्थ,रोजगार जस्ता नागरिकले प्राप्त गर्ने सामान्य नैसर्गिक अधिकार पनि पूरा नहुनु बिडम्बना भएको उनको तर्क छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

