Rashtriya Dainik

एम्बुलेन्स छन ड्राइभर छैनन

उत्तमकुमार थापा / बझाङ

जिल्ला अस्पताल बझाङ एक महिला गर्भवती हुनु भयाे । केदारस्यु गाउँपालीका वडा नम्बर ५ बस्ने कृष्ण गुरुधामीकी श्रीमती जिल्ला अस्पतालमा यहि १३ गते गर्भवती हुनु भयाे ।

उनी गर्भवती भएको आज ८ दिन बित्याे,अहिले उहाँको बच्चा आईस्युमा राखेको छ । याहाँ उपचार असम्भव भए पछि बच्चा जन्मेको केहि दिनमा जिल्ला अस्पतालले उनलाई थप उपचारको लागि जिल्ला बाहिरी जान गुरुधामीलाई आग्रह गर्नु भयाे । माैखिक रुपमा उपचारको रुपमा डाक्टरले बाहिरी जान आग्रह गरेको भएता पनि जिल्लामा एम्बुलेन्स नपाउदा उनी अस्पतालकाे ब्याडमै बस्नु पर्ने बाध्यता भएको बच्चाका बुवा कृष्ण गुरुधामीले बताए ।

उनले भने,बच्चा जन्मेको आज ८ दिन बित्याे बच्चा सिरियस भएको कारण डाक्टरले रिफर कागज दिएकाे छ । तर एम्बुलेन्स पाएकाे छैन । बझाङ जिल्लामा रहेका हरेक स्थानीय तहमा एम्बुलेन्स खवर गर्दा ड्राइभर छैन एम्बुलेन्स छन भन्छन । निकै दुख लागेको छ । उहाँको बच्चा अहिले अस्पतालकाे ब्याड नम्बर ४ मा राखिएको छ । कतिवेता बच्चाको अवस्था के हुन्छ भन्नेमा केही भन्न सकिन्न ! जिल्लामा रहेका वित्थडचिर गाउँपालीकाकाे एम्बुलेन्समा ड्राइभर छैन । बुङ्गलकाे अवस्था पनि सेम छ । केदारस्यु गाउँपालीकाकाे एम्बुलेन्स बिग्रेकाे लामाे समय भएकाे छ । गाउँपालीका बेखबर जस्तै बनेको छ । दुर्गाथली गाउँपालीकाकाे एम्बुलेन्स धनगढी गएको छ । मष्टा गाउँपालीकामा एम्बुलेन्स छ तर ड्राइभर छैन । गाउँपालीका अध्यक्ष ज्ञानबहादुर बाेहरालाई साेधपुछ गर्दा ड्राइभर चाडैं न्युक्त गर्ने अस्तिकाे घटनामा हामीले अर्काेलाई चलाउन आग्रह गर्दै सेवा दिएको बताए । त्यसै तलकाेट गाउँपालीकाकाे एम्बुलेन्स छ ड्राइभर छैन । जिल्लामा विरामी हुदा एम्बुलेन्स छन तर ड्राइभ विहिन एम्बुलेन्सकाे के काम गर्नेमा दुईमत छैन ।

स्थानीय तहले एम्बुलेन्स ल्याउदा लाखौं खर्च गरेका हुन्छ । तर ड्राइभर नहुदा विरामीहरुले सेवा पाउन बाट बञ्चित भएको पाईन्छ याे केदारस्यु गाउँपालीकाकाे एक उदाहरण मात्र हाे । यता जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर नवराज जाेशीलाई साेध्दा बच्चालाई रिफर गरेकाे छ । हाम्रो अस्पतालमा दुईवटा एम्बुलेन्स छन । ईमर्जेन्सी केश लिएर धनगढी गएको तर आज बेलुकी मात्र पुग्ने भएको हुदा उहाँ लाई सेवा दिएकै छाै । म आफै याे सम्वन्धी डाक्टर भएको हुदा त्यति गार्‍हो छैन । उहाँलाई हतार गर्नु मात्र हाे हाम्रो एम्बुलेन्स आज साँझ पुग्छ पुगेपछि म पठाउन्छु । मैले सबै ठाउँबाट सल्लाह लिएर बच्चाकाे उपचार गराईरहेकाे छु ।

जिल्ला अस्पताल बझाङ एक सपवाहन रहेकाे छ भने दुईवटा एम्बुलेन्स रहेका छन । अन्य स्थानीय तहमा एम्बुलेन्स हुनु तर ड्राइभर नहुनु दुखद घटना भएको डाक्टर जाेशीले बताए उहाँले पुन भन्नू भयाे सकभर जिल्ला अस्पतालमा २४ घण्टा स्थानीय तहका एम्बुलेन्स तैनाथ हुनुपर्यथाे एसमा सबैको ध्यानाकर्षण हुनुपर्छ । बच्चाका बुवा कृष्ण गुरुधामीका अनुसार मष्टा गाउँपालीकाले एम्बुलेन्स पठाउने भएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भनेपछि मष्टाकाे एम्बुलेन्सले सेवा दिने भएकोमा धन्यवाद दिनु भएको छ । बच्चा जन्मेको आज ८ दिन भयाे अहिले १४४ घण्टा बच्चा आईस्युमा राखिएको छ । जिल्ला अस्पतालले थप उपचारको लागि रिफर गरिसकेको छ । बच्चाकाे आमा प्रमिला जाग्री गुरुधामी राम्रो अवस्थामा छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित