वीरगंज १७ कात्तिक । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मुख्यमन्त्री महम्द लालबाबु राउत गदीलाई आफ्नो अमुल्य मत नदिन मतदाताहरुले अडान लिएका छन । मधेस आन्दोलनको नाममा निर्वाचित भई मुख्यमन्त्री पदसम्म पुगेका महम्द लालबाबु राउत गदीलाई यसपालिको हुने निर्वाचनमा मतदान नगर्न अडान लिएका हुन ।
पर्सा जिल्ला क्षेत्र नम्बर १ को (ख)बाट उम्मेदवारी दिनु भएका महम्द लालबाबु राउत गदी जनताको मत लिने र आफुहरु मुख्यमन्त्रीको पक्षमा मतदान नगर्न अडान लिएको स्थानीयहरु बताउछन । विकासको नाममा बजेट निकासा गरी निर्माण कार्यमा भ्रष्टाचार गर्ने गरेका गदी, मधेस बिरोधी रहेको बताउदै यसपालि हुने निर्वाचनमा उनको पक्षमा मतदान नगर्न बताए । पोखरी सौन्दर्यकरण, बेटी पढाउ बेटी बचाउ, साइकल बितरण लगायत विकासको कार्यमा भ्रष्टाचार गरी अकुत सम्पती कमाउन सफल भएका मुख्यमन्त्रीलाई यसपालिको निर्वाचनमा बहिस्कार नै गर्ने मतदाताहरु बताउछन ।
निर्वाचनको समयमा घरदैलो गर्दै मुख्यमन्त्री गदीले केही मतदातालाई आर्थिक प्रलोभन समेत दिएको स्थानीयहरु आरोप लगाए । सम्पती कमाएका मुख्यमन्त्री महम्द लालबाबु राउत गदीले निर्वाचनको समयमा मिठो मिठो कुरा गरेपनि निर्वाचित भए पश्चात जनता संग रुखो व्यवहार गर्ने गरेको स्थानीयले दुखेसो पोखे । राजनीतिको आडमा भ्रष्टाचारलाई बढावा दिने मुख्यमन्त्री स्विकार नहुने क्षेत्र नम्बर १ का जनताले अडान लिएका छन ।
बिगत ५ बर्षमा मुख्यमन्त्रीले गरेको विकासको कामको बिषयमा स्थानीय संचारकर्मीले प्रश्ण गर्दा जवाफ नै नदिई दुव्र्यहार गर्दै हटाएको भिडियो सार्वजनिक भएको छ । निर्वाचनको समयमा पनि मुख्यमन्त्रीले आफ्नो पावरको दुरुपयोग गर्दै स्थानीय संचारकर्मी प्रतिको आक्रोष व्यक्त गर्दै गुन्डागर्दी शैलीमा उत्रिएका थिए । गुन्डागर्दी शैलीमा उत्रिएका मुख्यमन्त्रीलाई यसपालिको निर्वाचनमा तह लगाएरै छोड्ने स्थानीयहरु प्रतिवद्धता जाहेर गरेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

