Rashtriya Dainik

कपिलबस्तुमा क्रान्तिकारी माओवादीका १० नेता कार्यकर्ता पक्राउ

कपिलवस्तु – नेकपा (क्रान्तिकारी माओवादी)को सहितको तीन पार्टीले कपिलबस्तुमा आयोजना गरेको निर्वाचन बहिष्कार कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गरेको छ । बिहीबार कपिलवस्तुको बाणगंगा नपा वडा नं ४ स्थित गजेडामा आयोजित कोणसभामा प्रहरीले हस्तक्षेप गरेर क्रान्तिकारी माओवादीका २ जना पोसलटब्युरो सदस्य सहित १० जनालाई गिरफ्तार गरेको हो ।
क्रान्तिकारी माओवादी, नेकपा(बहुमत ) र नेकपा(मशाल) सहितका दलहरुले उक्त स्थानमा बहिष्कारको अपिल सहित कोणसभा गरेका बेला ईलाका प्रहरी कार्यालय पिपराको टोलीले ब्यानर सहित प्रचार समाग्री खोसेर गिरफ्तार गरेको थियो ।
सो क्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सेक्रेटरी भुपेन्द्र न्यौपाने, अर्का पोलिटब्युरो सदस्य तथा कपिलबस्तु ईञ्चार्ज धनेश्वर पोखरेल, पार्टी केन्द्रीय सदस्य टिकाराम पौडेल, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मनोज थापा, क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका जिल्ला सदस्य रवि पुन , चन्द्रमान मानन्धर, अखिल (क्रान्तिकारी) बर्दियाका जिल्ला संयोजक रुपेश चौधरी, बाँकेका जिल्ला पार्टी सदस्य तपेन्द्र न्यौपाने, कृष्णबहादुर थापा र सर्वसाधारण फर्मासिंह धरेल रहनुभएको थियो ।
कार्यक्रममा नेकपा (बहुमत)का कपिलबस्तचु जिल्ला संयोजक बीरबहादुर वि.क नेकपा(मशाल) का प्रतिनिधि दीपक पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।
करिब दुई बजेको समयमा गिरफ्तार गरिएका उहाँहरुलाई साँझ अबेर रिहा गरिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित