ज्ञानेश्वर सहानी / नवलपरासी ,१७ कार्तिक
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले तीन महिनाको अवधिमा नियम उल्लङ्घन गर्ने ७ हजार बढीलाई कारबाही गरेको छ।
आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा ट्राफिक प्रहरीले ७ हजार ८ सय ७० जना लाई कारबाही गरेको हो। सबैभन्दा बढी गत असोज महिनामा ३ हजार ८ सय ५० सवारी साधनलाई कारबाही गरिएको छ ।
यस्तै गरि साउन महिनामा १५ सय ७० र भदौ महिनामा २ हजार ४ सय ५० जना लाई कारबाही गरिएको छ। यो अवधिमा ४४ लाख ४४ हजार ५०० सय रुपैयाँ राजस्व सङ्कलन गरिएको छ भने साउन मा ९ लाख ९२ हजार भदौ मा १३ लाख ९० हजार र असोज मा २० लाख ६२ हजार ५०० सय रुपैयाँ राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी निरीक्षक मधुसुदन सिंहले जानकारी दिए।
हामीले मापसेलगायतका चेकजाँचलाई नियमितता दिएका छौँ’, उनले भने, ‘रात्रिकालीन यात्रामा दुई चालक अनिवार्य गराएका छौँ।’चाडपर्व लक्षित ट्राफिक प्रहरी परिचालन गरेर नागरिकलाई सहजता प्रदान गरिएको उनको भनाइ छ। तीन महिनाको अवधिमा महिनामा जिल्लामा १७ दुर्घटना भएको छ भने ७ जनाको मृत्यु र ११ घाइते भएका छन्। ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय नवलपरासीमा ठूला दुर्घटनामा कमी आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

