Rashtriya Dainik

राजनितीको केद्रबिन्दु विकास हो:उमेदवार चौधरी

नेपाली काङ्ग्रेस पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले केवल शत्ताका लागि गरिने राजनीतिको आयु कम हुने बताएका छ्न।

राजनीतिको मुल प्रवाह बिकास निर्माण सग जोडिनु पर्ने बताउदै चौधरीले युवा,महिला र सबै बर्ग अट्ने गरि स्पष्ट बिकासको खाका कोरेर अघि बढ्नु पर्ने आफ्नो मान्यता रहेको उल्लेख गरे।वडा कार्यसमिति बर्दघाट १३ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै चौधरीले आम मतदाता र उमेदवारबिचको दुरी चिर्ने गरि आफू मैदानमा उत्रिएको जिकिर गरे।संगठनको एक्यवद्धताले नै यो क्षेत्रको बिकास र परिवर्तनना हातेमालो गरि अघि बढ्न सकिने उनको भनाई थियो।आम कार्यकर्ता र मतदाताको भावनलाई समेटेर हिड्नु र त्यसलाई सहि रुपमा दिशानिर्देश गर्ने गरि लागिपर्नु नै आफ्नो कर्तव्य हुने चौधरीलेले धारणा ब्यक्त गरे।चौधरी यतिबेला बर्दघाट नगपालिकाका विभिन्न वडामा पार्टीले आयोजना गरेका कार्यक्रममा सहभागी भएका छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित