नवलपरासी, १७ कात्तिक ।
नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको राष्ट्रिय राजनितिमा मुस्लीम समुदाय निर्णायक र महत्पुर्ण भुमीकामा रहेको बताउनुभएको छ । नेपाल मुस्लीम संघद्धारा नवलपरासीको जिमिरेभारमा आयोजीत मुस्लीम अगुवा भेलालाई सम्बोधन गर्दै नेता चौधरीले यस्तो बताउनुभएको हो ।
पश्चिम नवपरासी निर्वाचन क्षेत्र न. १ मा सत्ता गठवन्धनको तर्फबाट प्रतिनिधी सभा सदस्यमा उम्मेवार रहनुभएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य चौधरीले मुस्लीम समुदाय नेपालको राष्ट्रिय राजनितिमा निर्णायक र महत्पुर्ण भुमीका निर्वाह गर्न सक्ने समुदाय रहेको जिकिर गर्नुभयो । 
मुस्लीम समुदाय समेत नेपालको परिपेक्षमा मुल कर्णधार भएको जिकिर गर्दै नेता चौधरीले मुस्लीम समुदायको हक अधिकार सुनिश्चित गर्ने अभियानमा आफ्नो र आफ्नो पार्टीको पुर्ण साथ रहेको विश्वास व्यक्त गर्नुभयो ।
निर्वाचन केन्द्रीत बिषय बस्तुहरुलाई प्रकाश पादै नेता चौधरीले यस क्षेत्रको बाढी तथा डुवानको समस्या , उखु किसानको समस्या र उत्पादीक केराको बजारीकरण वारे देखिएको समस्या समाधान गर्न समेत आफ्नो मुख्य प्राथमिकता रहने दावी गर्नुभयो ।
जनताको आय स्तर बृद्धि हुनुपर्नेमा जोड दिदै नेता चौधरीले समग्र रुपमा मुस्लीम समुदायको शैक्षिक स्तर बृद्धि , बिश्व बिद्यालय स्थापना , लगायतका बिषयमा सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।कार्यक्रममा बोल्दै प्रदेश सदस्यका उमेदवार बिश्वप्रेम पाठकले सबै समुदायलाई समेटेर अगाडि बढनु पर्ने धारणा ब्यक्त गर्नु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

