संजय कुशवाहा / नवलपरासी १७ कार्तिक
सौजन्य साना किसान कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा कार्यक्रम पिपरपातिमा सम्पन्न भएको छ ।
पश्चिम नवलपरासीको प्रतापुर गाऊँपालिका वडा नं.८ पिपरपातिमा सौजन्य साना किसान कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारण बुधबार सम्पन्न भएको छ ।
राजेश सिंहको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । आफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र आवश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक ब्यक्तिकाे लागि आवश्यक छ । सहकारीले पुरूष र महिला एक ठाउँमा उभ्याउन सफल भएको बताउदै पैसाको बचत गर्ने बानीको विकास गर्नु पर्छ ।
साथै कृषकहरूका कृषि गर्नको लागि माटो परिक्षण प्रयोगशाला ५० लाख बराबरको बेलाटारीमा स्थापना गरिनेछ । भने प्रतापपुर गाउँपालिकाको कृषकहरूका खेतमा कृषि सिचाइ गर्नको लागि बोरिङ ,बोटर र विधुतको लागि पोल र तारको ब्यवस्था गरि कम खर्चमा किसानहरू विधुतीय सिचाइको लागि व्यवस्था गर्ने अध्यक्ष यादवले बताउनु भयो ।

सो कार्यक्रममा इलाका बुटवल साना किसान कृषि सहकारीका प्रबन्धक गणेश भट्टराई, त्रिवेणी साना किसान कृषि सहकारी अध्यक्षका सुरज कोहार, प्रबन्धक सीता शर्मा, साना किसान कृषि सहकारी नर्सरीका अध्यक्ष नन्दलाल गुप्ता , समाजसेवी युवराज मौर्य लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सहकारीमा हाल सेयर सदस्य संख्या ६ सय ३० रहेको
सहकारीले १७ लाख १५ हजार बराबरको नाफा गरेको संस्थाको ब्यवस्थापक रमेश्वर कोईरीले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

