Rashtriya Dainik

नवलपरासीमा निर्वाचन सुरक्षाका लागि ३ हजार सुरक्षाकर्मी परिचालन

ज्ञानेश्वर सहानी / नवलपरासी , १६ कार्तिक

मंसिर ४ मा हुने संघ तथा प्रदेशको निर्वाचनका लागि पश्चिम नवलपरासीमा झण्डै ३ हजार सुरक्षाकर्मी परिचालन हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार १२ सय १५ जना म्यादी प्रहरी, ७ सय ३१ जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालित हनु जानकारी दिनुभएको छ ।

मतदानस्थल र केन्द्रको भित्री घेरामा म्यादी प्रहरी र जनपथ हुनेछन् भने, त्यसबाहिरको सुरक्षा शशस्त्र प्रहरीले र त्यसभन्दा पनि बाहिर नेपाली सेनाको सुरक्षा रहनेछ ।

पर्याप्तमात्रामा सादा पोशाकका प्रहरी पनि खटिने प्रहरी नायव उपरीक्षकले बताउनु भएको छ । उनका अनुसार सम्वेदनशील ठाउँहरुमा सशस्त्र प्रहरी बल तयारी अवस्थामा रहनेछ भने अन्यत्र भने सेना र सशस्त्र प्रहरी बलको टोलीले बाहिरबाट बेलाबेलामा अवस्था हेरेर सुरक्षा अवस्थाको जानकारी लिनेछ ।

नवलपरासीका दुई वटा निर्वाचन क्षेत्रमा गरेर २८७ वटा केन्द्र मतदानस्थल र १२० वटा मतदानस्थल रहनेछन् । क्षेत्र नं. १ मा १४५ वटा केन्द्र मतदानस्थल र ६१ वटा मतदानस्थल र, क्षेत्र नं. २ मा १४२ वटा केन्द्र मतदानस्थल र ५९ वटा मतदानस्थल र रहनेछन् ।

नवलपरासीका दुई निर्वाचन क्षेत्रमा गरेर २ लाख ४० हजार ९३० मतदाता रहेका छन् भने महिला १ लाख १९ हजार ६५ र पुरुष १ लाख २१ हजार ८ सय ६५ जना रहेका छन् ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र नम्बर २ मा मतदाता रहेका छन् । क्षेत्र नम्बर २ मा १ लाख २२ हजार ६ सय ८१ मतदाता रहेको छन् भने महिला ६१ हजार १९ जना र पुरुष ६१ हजार ६ सय ५९ जना र अन्य ०३ जना , क्षेत्र न. १ मा १ लाख १८ हजार २ सय ४९ मतदाता रहेको छन् भने महिला ५८ हजार ४६ जना र पुरुष ६० हजार २ सय २ जना र अन्य ०१ जना रहेको जिल्ला निर्वाचन कार्यालय नवलपरासीको सुचना अधिकार निश्चल मोक्तानले जानकारी दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित