Rashtriya Dainik

आजदेखि तीन महिनाका लागि सबै सरकारी कार्यालय साढे ९ बजेदेखि साढे चार बजेसम्म

काठमाडौ , १६ कार्तिक

आजदेखि सबै सरकारी कार्यालय तीन महिनाका लागि एक घण्टा अगाडि नै बन्द हुने भएको छ ।

गृह मन्त्रालयले वैशाख २६ गते राजपत्रमै सूचना जारी गरेको थियो । उक्त सूचनामा कात्तिक १६ गते देखि माघ १५ गतेसम्म एक घण्टा अगाडि नै कार्यालय बन्द हुने उल्लेख छ ।

कात्तिक १६ गते देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपरान्ह साढे चार बजेसम्म रहनेछ । यसअघि साढे ५ सम्म कार्यालय समय थियो ।

गृह मन्त्रालयले सोही समय प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर उक्त निर्णय असार २ गते राजपत्रमै सूचना जारी गरी खारेज गरेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित