Rashtriya Dainik

सुर्मामा नमुना मतदान सम्पन्न

उत्तमकुमार थापा , बझाङ , १६ कार्तिक
सुर्मा गाउँपालीकामा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।

यहीँ मँसिर ४ गते हुन गईरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे सन्दर्भमा निर्वाचन कार्यालय बझाङले सुर्मा गाउँपालीकामा नमुना मतदान गरेको हाे ।

निर्वाचन सभ्य भव्य र शान्त बाताबरणमा सम्पन्न गर्न र मतदाताले मतदान गर्दा कसरी खसाल्दा सदर हुन्छ कसरी मतदान गर्नु पर्छ भन्ने सन्दर्भ लाई लिएर सुर्मा गाउँपालीकाका मतदातालाई मतदान सम्वन्धि सिकाएको थियाे । नमुना मतदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल मतदान अधिकृत रहनुभएकाे थिए भने, अन्य कर्मचारी सुरक्षा निकायले सहज बाताबरण सिर्जना गरेका हुन ।

सुर्मा गाउँपालीकाकाे वडा नम्बर एक मा रहेको दाैलिचाैर माध्यमिक विद्यालयकाे प्राङ्गणमा मतदाता लाई मतदान सम्वन्धि शिक्षा दिएकाे निर्वाचन कार्यालय बझाङका प्रमुख विमाल प्रशाद गाैतमले बताए । पुर्वका निर्वाचन भन्दा यसपालि ४ वटा मतपत्र रहेका छन । मतदान गर्दा प्रत्येक्ष प्रतिनिधि सभा निर्वाचन प्रणाली,प्रतिनिधि सभा समानुपातिक निर्वाचन प्रणाली,प्रत्येक्ष प्रदेश निर्वाचन प्रणाली प्रदेश समानुपातिक निर्वाचन प्रणाली गरि ४ मतपत्र प्रयाेग हुने निर्वाचन कार्यालय प्रमुख गाैतमले बताए । निर्वाचन शान्त सभ्य भव्यरुपमा सम्पन्न पार्न सबैले सहयाेग गर्नु पर्ने उहाँको भनाइ छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित