ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

बझाङ /२७ मंसिर

बझाङमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घइते भएका छन् । तल्कोट गाउँपालिका ३ को किरकिट्या भन्ने स्थानमा शनिबार दिउँसो २ बजे बा ३ क ६०० नम्बरको नागार्जुन कष्ट्रक्सनको टिप्पर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका मजदुरहरु मनोज गाह मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ भने चालक भरत धामी, सहचालक गोविन्द विष्ट र मजदुर नेत्रबहादुर अधिकारी सामान्य भएका छन् ।

घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । ट्रिपर करिब सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । सबैजना चैनपुर(ताक्लाकोट सडक खण्डका मजदुर रहेका जनाइएको छ । मृतक मनोज गाह मगर डडेल्धुरा आलिताल गाउँपालिका ८ हुन् भने् मनोज भट्ट कञ्चनपुर भिमदत्त नगरपालिका १९ का रहेका छन् । यस्तै टिप्पर चालक गोविन्द विष्ट कञ्चनपुरको शुक्लाफाँटा ११ का रहेका छन् । उनको बाँया खुट्ट्टा भाँचिएको जनाइएको छ । यस्तै सहचालक बझाङको बुंगल नगरपालिका २ भरत धामी र दाङ घोराही उपमहानगरपालिका ४ का नेत्रबहादुर अधिकारीको अवस्था सामान्य रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot