Rashtriya Dainik

गाेबरहियामा प्रहरीद्वारा काेटहि दुर्गा मन्दिर एवं बजार क्षेत्र सरसफाइ

राष्ट्रिय दैनिक / नवलपरासी , १६ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ गाेबरहियामा सरसफाइ गरिएकाे छ।

गाेबरहिया प्रहरी टाेली तथा म्यादी प्रहरीकाे टाेली मिलि सरसफाइ गरेका हुन ।

उक्त सरसफाइ अभियानअन्तर्गत आज यहाँको काेटहि दुर्गा मन्दिर एवं गाेबरहिया बजार क्षेत्रमा सरसफाइ गरिएको छ ।

गाेबरहिया प्रहरीचाैकी इन्चार्ज गाेकर्ण चाैहानले भने मन्दिर परिसर तथा बजार आसपासका क्षेत्र सफा राख्ने हाम्रो अभियानअन्तर्गत सरसफाइ गर्ने अभियान सुरु गरका छौँ, आशा छ हाम्रो बजार सुन्दर सफा हुने छ ।”

पछिल्लो समयमा डेङ्गाेकाे त्रास र बिरामी दिनानुदिन बढिरहेको अवस्थामा बजार, घरआँगन सरसफाइ हुन अति महत्वपूर्ण भएकाले सरसफाइ गरेको इन्चार्ज चाैहानले जानकारी दिए । उक्त अभियानमा प्रहरी र म्यादी प्रहरी टाेली गरी ३० जनाको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित