Rashtriya Dainik

प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार बिरेन्द्र यादव जनताको घरदैलोमा

राजन कुमार बानिया , पर्सा १५ कार्तिक
पर्सा क्षेत्र नम्बर ४ (क) स्वतन्त्र उमेदवार बिरेन्द्र प्रसाद यादवले मतदाताहरुसँग नियमित भेटघाट र छलफल गरीरहनु भएको छ । मधेस आन्दोलनबाट स्थापित नेता बिरेन्द्र यादव पहिले प्रतिनिधिसभा सदस्यका लागि पनि उम्मेदवार बन्नु भएको थियो । उहाँ दोश्रो नम्बरमा रहनु भयो । मधेसवादी दल छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएका बिरेन्द्र प्रसाद यादव सत्ता गठबन्धनका कारणले टिकटबाट बञ्चित हुनुभयो । यसअघिको प्राप्त मतको आधारमा पनि उहाँको जित्ने आधार बलियो थियो । तर, पार्टीले टिकट नदिएपछि उहाँ स्वतन्त्र उम्मेदवारी दिनुभएको छ उम्मेदवारी मनोनय गरेपछि अहिले यादव जनता को घर घरमा पुगेर मतदाताहरुको दुःखसुखमा साथ दिईरहनुभएको छ । जनताको पीरमर्का बुझिरहनुभएको छ । यद्यपि पहिलेदेखि नै गाउँका जनता नजिक नै रहदै आउनुभएका यादव यसपटक जनताको प्रतिनिधि भएर जनताको लागि नीति निर्माण तहमा पुगेर काम गर्ने धोको रहेकोले पनि उम्मेदवारी दिएको बताउनुभयो । यसपटक फेरी प्रदेशसभा क मा उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दिएपछि मतदाताहरुसँग भेटघाट गरिरहनुभएका यादवले मंगलबार जिराभवानी गाउँपालिकाको वडा वडामा चुनावी छलफल गर्नुभएको छ । चुनावी छलफलका क्रममा उहाँले यसपटक क्षेत्रको जनताले आफूलाई न्याय गर्ने बताउहुन्छ । लालटिन छाप चुनाव चिन्ह पाएकोले आफू अब पर्सा क्षेत्र नम्बर ४ को प्रदेशसभा १ का जनताको उज्यालोका लागि लालटीन लिएर अगाडि बढीसकेको बताउनुभयो। कार्यक्रममा सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको दिनेश प्रसाद यादवले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित