Rashtriya Dainik

विकासको एजेण्डा लिएर मतदाताको घर-आँगनमा पुग्दै कण्डेल

राष्ट्रिय दैनिक / नवलपरासी , १५ कार्तिक

आसन्न निर्वाचनमा पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देबेन्द्रराज कण्डेल यतिबेला चुनावी मैदानमा होमिएका छन् ।

कण्डेल लामो समयदेखि यस क्षेत्रमा सक्रिय रहदै आएका छन ।

चुनावी गतिविधि गरिरहेका कण्डेलले सोमबार नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १ वडा सम्पर्क कार्यालय उदघाटन ,रामग्राम ७ उजैनी घरदैलो ,रामग्राम २ , ३ मा वडा सम्पर्क कार्यालय उदघाटन, जोकवार,ललितपुरमा घरदैलो ,मधवलिया,पिपरहिया,कर्महिनीमा काेणसभा , रामग्राम २ मा मुस्लिम अगुवा ब्यक्तित्वहरुसंग भेटघाट गरेका छन।

उनले चुनावी सभालाई भन्दा बढि व्यक्तिगत भेटघाटलाई महत्व दिँदै आएका छन् ।

विकासका काम र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा मतदाताहरुसँग छलफल गर्ने क्रममा कण्डेलले विकास नै आफ्नो सबैभन्दा ठूलो एजेण्डा रहेको बताउने गरेका छन् ।

उनले विकास गर्दा पक्षपात नगर्ने बताएका छन् । ‘यस क्षेत्रका बाटाे , स्वास्थ्य ,कृषि ,मल , बाढी समस्या , नागरिकता समस्या र विद्यालयको शैक्षिक सुधार कार्यक्रमका साथै यहाँको आधारभूत आवश्यकतालाई पहिले प्राथमिकता दिन्छु,’ उनले भने ।

चुनाव जित्नु ठूलो कुरा नभएको बताउँदै उनले मुलुकप्रतिको इमान्दारिता सबैभन्दा ठूलो कुरा भएकाले राष्ट्रियता र संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै आएका छन् ।

कण्डेल सहितका अन्य उम्मेदवारहरुले पनि भेटघाटलाई तीव्रता दिएका छन् ।

चुनावी घरदैलो कार्यक्रममा उम्मेदवारसहित दर्जनौ नेता कार्यकर्ताको सहभागि हुदै आएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित