बिनोद निगम /नवलपरासी ,१४ कात्तिक
पश्चिम नवलपरासीको सुस्ता ४ मा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु २ जना घाइते भएका छन्। सुस्ता गाउँपालिका ४ गोकुलनगरको नरसहिया खोलाको घोलमा डुंगा डुब्दा सो दुर्घटना भएको हो ।
सुस्ता गाउँपालिका ४ मा पिकनिक खान गएका युवाहरु चढेको डुगां दुर्घटना हुदा सुस्ता गाउंपालिका ४ का २२ वर्षिय गुडडु हरिजन ,सोही स्थानका १८ बर्षिय निरज हरिजन र रन्जित गुप्ता गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो । डुंगामा सवार २ जना घाईते भएका छन् ।
घाईते हुनेमा २२ वर्षिय किशोर हरिजन , सोहीत सहानी घाईते छन् । पिकनिक जान गएका युवाहरु चढेको डुंगा डुबेको हो । नारायणी नदीनदीको घोलामा डुङ्गा डुबेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

