बिनोद निगम /नवलपरासी ,१३ कात्तिक
पश्चिम नवलपरासी लगायत ठाउँ हरुमा छठ पर्वको रौनक
पाल्हिनन्दन, महेशपुर, हरपुर,अमनिगन्ज,परासी लगायतका क्षेत्रमा जलाशय घाटमा छठ पूजा अर्चना गरेका हुन्।
छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । नदी, पोखरी, तलाउलगायतका जलाशय घाटमा रहेका ब्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

निर्जल र निराहार ब्रत बसेका उनीहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । अर्घ दिँदै गर्दा उनीहरुले सूर्यलाई आफ्नो मनोकांक्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन् । यस दिनलार्ई ‘सौँझकारक’ पनि भनिन्छ ।

भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

