कृष्ण गिरी , नवलपरासी
पश्चिम नवलपरासीमा नेकपा एमाले बाट प्रतिनिधि सभा १ ख, का उम्मेदवार दिपक राज शर्मा जनताको बिचमा लोकप्रिय हुदै ।
निर्वाचनको मिति नजिकिँदै गर्दा घरदैलो कार्यक्रमलाई तिब्रताका साथ अगाडि बढाएको बताए । नेता दिपक राज शर्मा सहित नेता कार्यकर्ताको साथमा घरदैलो अभियानमा लागिएकाे हाे ।
घरदैलोसँगै जनताको समस्या पनि बुझ्दै आएको प्रतिनिधि सभा पदका प्रत्यासी नेता शर्माले बताउनुभयो ।
घरदैलोमा भोट माग्ने मात्र नभएर जनताको समस्या बारे जानकारी लिने गरेको नेताले जानकारी दिनुभयो ।
अहिले जनताको समस्याको बारेमा जानकारी लिएको र निर्वाचित भएपछि समस्या सामाधान गरिने शर्माले बताए ।
भ्रष्टाचारलाई न्यूनिकरण गर्ने मात्र नभई जरैदेखि निर्मूल गर्ने प्रतिबद्धता सहित आफुहरु चुनावी मैदानमा होमीएको उहाले बताउनुभयो।
किसानकाे समस्या शिक्षा ,कृषि, रोजगार मध्यनजर गर्दै निर्वाचानमा आएको दिपक राज शर्माले बताउनु भयाे ।
नवलपरासी १ का बासिहरुकाे समस्या समाधान गर्न सक्ने र बहाना बनाएर पछि नसर्ने भएको हुदा निर्धक्क भएर आफुलाई मतदान गर्न आम नागरिकसंग आग्रह गर्दै घरलैलाेमा ब्यस्त रहनु भएकाे नेता दिपक राज शर्माले बताउनुभयो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

