Rashtriya Dainik

गैंडाको खागसहित ५ जना पक्राउ

२६ मंसिर / काठमाडौं ।

महानगरीय अपराध महाशाखाले राजधानीबाट गैंडाको खागसहित ५ जनालाई पक्राउ गरेको छ ।

बिहिवार अपराध महाशाखाबाट खटिएको टोलीले अवैध रुपमा गैडाको खागको कारोबार भइ रहेको सूचनाको आधारमा स्वयम्भूको किमडोलमा बिक्री गर्नका लागी कोठामा राखि राखेको अवस्थामा गैंडाको खाग बरामद गरेको अपराध महाशाखाले जनाएको हो।

महाधाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्की अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका झोँछेका ४१ वर्षिय रिकेश शाक्य, ३५ वर्षिय सुरेश शाक्य, ३९ वर्षिय अनिल श्रेष्ठ, नुवाकोट म्यागङका २६ वर्षिय रामसिंह तामाङ र २२ वर्षिय मुना तामाङ रहेका छन ।

प्रहरीले बरामद गरेको गैंडाको खाग सहित उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागी जिल्ला वन कार्यालय काठमाडौं हात्तीसार पठाइएको प्रहरीको श्रोतले जनाएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित