Rashtriya Dainik

ट्राफिक प्रहरी कार्यालय नवलपरासी द्वारा पछिल्लो १५ महिनामा ३४ लाख ३७ हजार राजश्व संकलन

ज्ञानेश्वर सहानी / नवलपरासी / १३ कात्तिक

पश्चिम नवलपरासीको ट्राफिक प्रहरी कार्यालयले पछिल्लो १५ महिनामा ३४ लाख ३७ हजार राजश्व संकलन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीको अनुसार ८ सय ५० सवारी चालकलाई गरिएको कारबाहीबाट ३४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।

यस्तै, चालु आर्थिक वर्षको ३ महिनामा मात्र ६० वटा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका ट्राफिक प्रहरी कार्यालय परासीको प्रहरी बरिष्ठ नायब निरीक्षक डम्बर गिरीले जानकारी दिनुभएको छ।

नवलपरासीको विभिन्न ठाउँहरु मा गत वर्षको ३ सय ८७ सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । जसमा ६ सय ५४ जना घाइते भएको छन् भने १ सय ८ जनाको सवारी दुर्घटना मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित