नवलपरासी , ११ कार्तिक
नेपाली काग्रेसका नेता विनोद चौधरीले पश्चिम नवलपरासीको सम्बृद्धि र विकासको जिम्मा आफ्नो काँधमा आईपुगेको बताउनुभएको छ ।
सत्ता गठवन्धनको तर्फबाट पश्चिम नवलपरासीको संघीय निर्वाचन क्षेत्र क्षेत्र नं १ मा प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवार रहनुभएका चौधरीले यस्तो बताउनुभएको हो ।
यस क्षेत्रको विकास गर्ने जिम्मा आएको छ निर्वाचन परिचालन प्रचार प्रसार समितीद्धारा आयोजीत कार्यक्रममा चौधरीले भन्नुभयो म हालसम्म सफल व्यक्ती भएकाले अब पनि यस क्षेत्रको विकासमा पनि मलाई सफल बन्नु मुख्य उदेश्य रहेको छ ।

यस क्षेत्रका उखु किसानको समस्या, भारतीय बजारबाट केरा जन्य उत्पादन भित्रीने समस्या , सुर्यपुरा पावर हाउस , सहित चौधरीले यस क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रमा मैले विकास गर्ने अठोट बोकेछु र म त्यो जसरी पनि पुरा गर्ने बाचा गर्दछु । उमेदवार चौधरीले भन्नुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

