Rashtriya Dainik

पर्सा ४ मा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने युवा विधार्थीहरुको घोषणा

राजन कुमार बानिया
पर्सा ११ कार्तिक
पर्सा क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउने अभियान अन्तर्गत शुक्रबार संयुक्त युवा विधार्थी भेला सम्पन्न भएको छ ।
पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ४ धोबिनीमा शुुक्रबार काँग्रेसको क्षेत्रीय कार्य समितिले लोकतान्त्रिक बाम गठबन्धनको सयुक्त युवा विद्यार्थी भेला आयोजना गरेको हो ।
भेलामा सहभागी पाँच दलीय गठबन्धनका युवा विधार्थी नेताहरुले पर्सा ४ मा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई जिताउन युवा विधार्थीहरु एकजुट भएर लागेको बताए । उनिहरुले प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजाल ,प्रदेशसभासदस्यका उम्मेदवारद्वय शंकर चौधरी र शेख चाँदताराको पक्षमा घरघरमा पुगेर मत माग्ने प्रतिबद्धता पनि जनाए
काँग्रेसका क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको भेलामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजाल,प्रदेश सदस्यका उम्मेदवार शेख चाँद तारा र शकर चौधरीका साथै नेताहरू बृहस्पतिकृष्ण श्रेष्ठ, बशिष्ठ नारायण कुर्मी ,सलाउदीन अहमद,रामबबु बैठा,बलिष्टर अहमद राकेश यादव, धर्मेन्द्र पटेल रमेश पान्डे ,सन्तोष पटेल, नवीन सिंह,किशोरी साह कानु लगायतको पनि सहभागीता थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित