Rashtriya Dainik

मेरो उम्मेदवारी जनताको लागि हो : सुधिर पटेल

वीरगंज १० कार्तिक। आउंदो मंसीर ४ गते हुन लागेको निर्वाचनमा प्रदेश सभा सदस्य पदका लागि पर्सा निर्वाचन क्षेत्र नं.१ को क बाट स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलले आफ्नो उम्मेदवारी जनताको लागि भएको प्रतिकृया दिएका छन् ।
अर्थ टेलिभिजनद्वारा सञ्चालित एक कार्यक्रममा बोल्दै उनले जनताका हकहितका विषयमा लागि विभिन्न क्षेत्रमा आफूले आवाज उठाएको आएको बताउंदै चुनावको मुखमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले आ–आफ्ना एजेण्डा लिएर आएको भएपनि ती एजेण्डाहरु जनतालाई झुक्याउनका लागि मात्र भएको अभिव्यक्ति दिएका छन् ।
चुनावका बेला विभिन्न लोभलाग्दा नाराहरु लिएर मतदाता अगाडी आउने जनप्रतिनीधिहरु चुनाव सके लगत्तै सबथोक विर्सने परम्परा औंल्याउदै आफूले आफ्नो एजेण्डाको प्रचार गर्नुभन्दा देश, समाज र आफ्नो क्षेत्रको विकासका लागि गर्नुपर्ने अवश्यक कार्यहरुलाई निरन्तरता दिने बताए ।
दलिय गठबन्धन जनतालाई मूर्ख बनाउन मात्र भएको उनले कटाक्ष् गरे ।
यस क्षेत्रका जनताहरुले के–कस्ता समस्या भोगिरहेका छन् भन्ने प्रश्नको जवाफमा किसानहरुलाई मलको समस्या, शैक्षिक क्षेत्रको हकमा सरकारी विद्यालयहरुमा गुणस्तरिय शिक्षाको अभाव, निजी विद्यालयहरुमा शुल्कको समस्या, सरकारी अस्पतालहरुमा गुणस्तरीय उपचारको अभाव र निजीमा उपचारका लागि चर्को शुल्क तिर्नुपर्ने बाध्यता, बाटोघाटोको समस्याका साथै देशमा रहेको जनशक्ति रोजगारीको अभावमा विदेश पलायन भई उतातिर उपलब्धीमुलक हुनुपर्ने बाध्यता औंल्याउंदै यस्ता समस्याको समाधानका लागि आफूले काम गर्ने सुधिर पटेलको भनाईं रहेको छ ।
एक अर्को प्रश्नको जवाफ दिंदै पटेलले विगतका दिनहरुमा आफूले पार्टीगत राजनीति गरेको र त्यस दौरान जनताका आवाजलाई विभिन्न माध्यमले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने क्रममा कैंयौं पटक थुना पर्नुका साथै अस्पताल समेतमा भर्ना भएको बताउंदै मधेश आन्दोलन पश्चात मधेशको राजधानी वीरगञ्ज हुनुपर्ने भन्दै आफूलेनै पहिलो आन्दोलन गरेको स्मरण गराए । आफूले जनताका लागि गरेका कार्यको मूल्यांकन गर्दै जनताले यसपाली आफूलाई विश्वास गरेको बताउंदै उनले आफ्नो जीत निश्चित भएको दावी गरे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित