Rashtriya Dainik

हेटौंडा बसपार्कको तरकारी बजारमा आगलागी, लाखौंको क्षति

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० टिसिएनमा रहेको तरकारी बजारमा आज आगोलागी भएको छ । टिसिएनको मिना साहको होटलबाट सल्किएको आगो तरकारी बजारमा फैलिएको हो । आगोलागीबाट लाखौ रुपैयाँको सामान जलेर नष्ट भएको छ ।

तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीय वासिन्दाहरुको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताउनुभयो । आगलागीबाट यहाँका आधा दर्जन भन्दा धेरै तरकारी पसल जलेर नष्ट भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित