Rashtriya Dainik

उमेदवार कार्कीद्वारा पत्रकार सम्मेलन,प्रतिबद्धतापत्र अनुसार कामनगरे पद मुक्त हुने पत्र सार्वजनिक

महेश सिंह सिरहा लहान ९ कार्तिक- सिरहा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यकाे उमेदवार अधिवक्ता सुरेश कुमार कार्कीले साेमवार धनगढीमाई नपा प्रकृतिक अस्पताल काे सभाकक्षमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिबद्धता पत्रमा आैठा छाप लगाएर अभिलेखकाेलागी पत्रकार महासँघ सिरहाको अध्यक्ष मनाेज बनैता लगायत जिल्ला भरिका पत्रकारहरुलाई बुझाएको छ ।

यसमा उल्लेख गरिएको छ साे प्रतिबद्धता पत्र बमाेजिम काम नगरेकाे खण्डमा यस क्षेत्रका कुनैपनि न्याय प्रेमी मतदाताले संसद सचिवालयमा पेश गरेमा यसैलाई मेराे राजिनामा मानि म पदमुक्त भएमा मञ्जुर गर्द छु।कार्कि विगत लामाे समय सिरहा जिल्लामा पत्रकारिता लगायत रेयूकाई नेपाल संस्थाकाे अध्यक्ष,निर्देशक,रेडियो नेपालकाे कार्यकारी निर्देशक, दर्जनौं संघ संस्थाका मध्यमवाट समाजसेवा गर्दै आईरहेकाे छ ।

वहाँ नेपाकै पहिलाे उमेदवार हाे जाे जनता समक्ष आफ्नो प्रतिबद्धता अनुसार काम नगरेमा पद मुक्त हुन सक्ने लिखित पत्रमा हस्ताक्षर गरेर बुझाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित