वीरगञ्ज, ८ कार्तिक । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा जनमत पार्टीबाट गत स्थानीय तहमा वडा अध्यक्षका प्रत्यासीले जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रवेश गरेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा जनमत पार्टीबाट स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा वडा अध्यक्ष उम्मेदवार पवन कुमार ठाकुरले जसपा प्रवेश गरेका हुन् ।
ठाकुरलाई जसपाका राजनीति समिति सदस्य प्रदीप यादवले पार्टीमा भित्र्याएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका यादवले ठाकुरलाई मंगलबार वीरगञ्जमा एक अनौपचारिक कार्यक्रम बीच फूलमाला र टिका ल;लगाएर पार्टीमा भित्र्याएका हुन् ।
पार्टी प्रवेश गर्दै ठाकुरले जसपाले मात्र देशमा विकास र समृद्धि ल्याउन सक्ने भएकोले आफूले जनमत पार्टी त्यागेर जसपा रोजेको बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

