सुरज गुप्ता/ नवलपरासी ,७ कार्तिक ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०३ परसियामा शुभ दिपावलीको अवसरमा राखिएको माता लक्ष्मीको मुख अनावरण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य पदका उम्मेदवार नगेन्द्र अग्रहरीले धर्म सांस्कृतिको रक्षा गर्न हामी युवा पुस्ताको दायीत्व रहेको बताएका छन्।
परसियाका सम्पूर्ण जनसमुदायको सहयाेगबाट राखिएको माता लक्ष्मी,माता सरवस्ती तथा भगवान गणेश जीको मूर्तिको आज साँझ मुख अनावरण कार्यक्रममा प्रमूख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य पदका उम्मेदवार नगेन्द्र अग्रहरीले धर्मले मानवता सिखाउने हुँदा यसमा नाफा या घाटा न सोची यसको संरक्षण तथा आगामी दिनमा यसको रक्षा गर्न हामी युवा पुस्ताको दायित्व रहेको बताउनु भएको छ।
कार्यक्रममा प्रमुख अतिथि अग्रहरीले सत्ययुगमा वामन अवतार भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बीलले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको बताए। लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन भएको हुँदा छोरीलाई समेत सम्मान गर्न आग्रह गरेका छन्।

लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

