Rashtriya Dainik

पर्सा प्रहरीद्वारा ४ लाख बराबरको प्रतिबन्धित पटका नष्ट

पर्सा ,७ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न नाकाहरुवाट अवैध रुपमा भित्राएको प्रतिबन्धित बिष्फोटक पटका करिब ४ लाख रुपैया बराबरको नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको प्रहरी चौकीहरुले विभिन्न नाकाहरुवाट पक्राउ गरि ठुलो मात्रामा नष्ट गरेको छ।
पर्सा प्रहरीको मातहतमा रहेको प्रहरी चौकी ईनार्वा , छ्पकैया , श्रिसिया , अमरपर्टी , प्रसौनी , भिस्वा , जानकीटोला र ठोरी लगाएतक नाकाहरुवाट विभिन्न मितिहरुमा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाए पछि सोमबार कार्यालय परिसर भित्र रहेको प्राङ्गणमा नष्ट गरेको प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताउनुभयो ।
प्रहरीले कडाई गरि विभिन्न नाकाहरुवाट गतबर्षको तुलनामा यो बर्ष बढी मात्रामा प्रतिबन्धित पटका पक्राउ गरि जनप्रतिनिधि र संचारकर्मीको उपस्थितिमा नष्ट गरेको बताउनुभयो।

दिपावलीको अवसरमा अमर्यादित एवम् असभ्य क्रियाकलाप हुन सक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको पर्साका प्रबक्ता एवम नायव उपरीक्षक गरिले बताए ।जथाभावी रुपमा पटाका पड्काउँदा आँखामा क्षति हुनुका साथै आगलागीसमेत हुन सक्ने जोखिम भएकाले धनजनको क्षतिहुने भएकोले प्रहरीले कडाई गरि ४ लाख रुपैया बराबरको पटका नष्ट गरेको गिरीले जनकारीदिनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित