Rashtriya Dainik

दलित किशोर किशोरीको सवालमा जनप्रतिनिधिसंग बहस तथा पैरवी

राष्ट्रिय दैनिक / नवलपरासी , ६ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मंगलापुरमा दलित किशोर किशोरीको सवालमा जनप्रतिनिधिसंग बहस तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ।

प्रतिभा किशोर किशोरी सन्जालकाे अायाेजना तथा एबिसी नेपाल, स्ट्रोम फाउन्डेसनकाे सहयोगमा सन्जालका अध्यक्ष सन्देश हरिजनकाे अध्यक्षतामा तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन , वडा नम्बर ४ वडा सचिव अशाेक कुमार पाण्डेय , पत्रकार उमेश बि.क लगाएतले बाेल्नु भएको थियोे ।

कार्यक्रममा किशोर किशोरीले उठाइएको प्रश्नमा जनप्रतिनिधि , प्रहरी र पत्रकार लगाएतले सरल रुपमा जवाफ दिनुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित