राष्ट्रिय दैनिक / नवलपरासी , ६ कार्तिक
नेपाल समाजवादी पार्टी केन्द्रीय सदस्य एवं प्रदेसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ ‘ क ‘ काे उम्मेदवार चिनक कुर्मीले नवलपरासी तथा क्षेत्र २ को समग्र बिकास नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पुर्व गृहराज्यमन्त्री देबेन्द्रराज कण्डेलबाट मात्र सम्भव रहेको दावी गरेका छन् ।

नवलपरासी निर्वाचन क्षेत्र नम्बर–२ क प्रदेशसभा सदस्य सत्ता गठबन्धनका साझा उम्मेदवार कुर्मीले नेकपा नेता तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमाले नेता दिपेन्द्र अधिकारी र राप्रपा नेता एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार ध्रुव बहादुर प्रधानलाई लक्षित गर्दै जिल्लाको विकास गर्न नसक्ने भएकोले अब आराम लिनुपर्ने बताए ।

‘निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्छ,’ नेता कुर्मीले भने, ‘हामीलाई जिताउनुुहोस् । देबेन्द्रराज कण्डेल दाई र म मिलेर नवलपरासीकाे याे क्षेत्रको बिकास अगाडि बढाउँछौं ।
केन्द्रमा राम्रो पहुँच र प्रभाव भएका कण्डेललाई नवलपरासीले पाउनुु गौरवको कुुरा भएको नेता कुर्मीले उल्लेख गर्दै यो अवसरलाई निर्वाचन क्षेत्र नम्बर–२ ले गुमाउन नहुने समेत बताए ।
गठबन्धनद्वारा सरावल २ मा आयोजित कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उदघाटन कार्यक्रममा बोल्दै नेता कुर्मीले एमाले शक्तिमा हुँदा कुनै ठूला आयोजना निर्माण गर्न नसकेको र पाँच बर्से कार्यकाल सम्हाल्न नसकेको अब एमालेले चुनाव लड्नुको सट्टा घरमै आराम गरि तीर्थव्रत गर्न आग्रह समेत गरे ।

निर्वाचन जित्ने , सरकार बनाउन सक्ने, केन्द्रमा राम्रो पकड भएका, विकासका लागि स्पष्ट योजना र विकासप्रेमी नेताले हो,’ उनले भने, ‘स्वास्थ्यले साथ नदिए पछि आराम गर्नुुपर्छ चुनाव लड्ने होइन् ।’

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

