राष्ट्रिय दैनिक /सुस्ता , ७ असोज
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वडा न.२ को वडा कार्यालयले सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सुस्ता गाउँपालिका वडा न. २ को आयोजनामा भएको सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सुस्ता गाउँपालिका वडा न. २ का अध्यक्ष कृष्णलाल मुखियाको अध्यक्षतामा र सुस्ता गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलको प्रमुख अतिथ्यतामा एक कार्यक्रम गरि उद्धघाटन गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रमको उद्धघाटन शत्रमा बोल्दै वडा अध्यक्ष कृष्णलाल मुखियाले देशमा आर्थिक संकटको अवस्था देखापर्न लागेको र बैकं बित्तिय संस्थाहरुले सामान्य घरपरिवारका ब्यक्तिहरुलाई ऋण तथा कर्जाहरु पनि नदिने हुदा अबको बिकल्प भनेको सहकारी संस्था मात्र रहेको बताउनु भयो ।

वडा अध्यक्ष मुखियाले आफनो वडा भित्र रहेका सहकारी संस्थालाई सक्षम र सबलिकरण बनाउनका लागि आफनो वडाले निरन्तर रुपमा कार्य गर्ने र सहकारी संस्थालाई आर्थिक तथा समाजिक कार्यमा थप सशक्त बनाउन वडाको पनि जिम्मेवारी रहेको हुदा सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुसंग सहकारी शिक्षा बारे अन्तरक्रिया गरिएको उहाँले बताउनु भयो ।
त्यस्तै सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं सुस्ता गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेले देश संघियता गइ सके पश्चात सबै भन्दा ओझेलमा परेको सहकारी क्षेत्र र महिला,बालबालिका तथा जेष्ठनागरिक क्षेत्र रहेको जानकारी गराउदै सहकारी संस्थालाई सक्षम बनाउन सबै भन्दा आवश्यक भनेको नै सहकारी शिक्षा हो सहकारी शिक्षाले सञ्चालक तथा शेयर सदस्यहरुमा सहकारी मयं हुने वातारणको साथै सहकारी संस्थालाई अप्नत्व लिने उर्जा थप्ने कार्य गर्र्ने उहाँले बताउनु भयो ।
सुस्ता २ मा १ वटा कृषि सहकारी, १ वटा महिला सहकारी,३ वटा बचत तथा ऋण सहकारी र १ वटा बहुमुखी गरि ६ वटा सहकारी संस्था रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

