Rashtriya Dainik

त्रिपाठि पटक पटक मन्त्री बनेर जनता झुक्याईरहे : नेता कलवार

राष्ट्रिय दैनिक / नवलपरासी , कार्तिक

नेपाली कांग्रेसका नेता देवकरण प्रसाद कलवार(सन्तु)ले जनता प्रगतीशिल पार्टीका अध्यक्ष हृदेश त्रिपाठीले पटक-पटक निर्वाचन जितेपनि यस क्षेत्रमा विकासमा चासो नदेखाएको आरोप लगाउनुभएको छ।पटक पटक मन्त्री बन्दा समेत यो क्षेत्रको बिकास र जनताको माग सम्बोधन नभएको उहाको आरोप छ

नवलपरासी पश्चिम संघीय निर्वाचन क्षेत्र न.१अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र न.ख(२)मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार समेत रहनुभएका कलवारले प्रेस युनियनले आईतवार आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो।

यस अगाबैका ५ वटा निर्वाचनमा विजयी बनेपनि त्रिपाठीले यस क्षेत्रका शिक्षा स्वास्थ्य तथा भौतिक पुर्वाधारको क्षेत्रमा उल्लेखीय काम नगरेका कलवारको आरोप छ।

यस पटक नेपाली कांग्रेसबाट त्रिपाठी संग प्रतिष्पर्धामा रहनुभएका नेपाली कांग्रेसका नेता बिनोद चौधरी एउटा मिसन र भिजन भएको प्रभावशाली नेता भएकाले यस पटक जनताले चौधरीलाई बिजयी गराउने विस्वास व्यक्त गर्नुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित