Rashtriya Dainik

चुनावी सरगर्मी , नेता कण्डेल घरदैलोमा ब्यस्त

राष्ट्रिय दैनिक / नवलपरासी , ६ कार्तिक

यहि मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे चुनाव नजिकिँदै जादा नवलपरासीका सम्पूर्ण राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् ।

यसै क्रममा पश्चिम नवलपरासी क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले रामग्राम नगरपालिका वडा नं १७ काे बरारी,महुवा,पिपरहिया र देवगाव मा घरदैलो तथा गाउँ भेला गर्नुभएकाे छ ।

साथै रामग्राम नगपालिका वडा नं १५ काे ननई,डिघवल,घिनहा र सुक्राैली लगाएतकाे टाेलमा घरदैलो गरिएकाे कंडलका स्वकिय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभयाे । यस्तै नेपाली काङ्ग्रेस द्वारा सरावल गाउँपालिका वडा नं ४ मा वडा स्तरीय अगुवाकार्यकर्ता भेला सम्पन्न गरिएकाे छ ।


नेपाली काङ्ग्रेस नेता जनमजय यादवकाे अध्यक्षता तथा प्रतिनिधि सभा क्षेत्र नं २ का उमेदवार एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलकाे प्रमुख आतिथ्यता तथा प्रतिनिधि सभा क्षेत्र नं १ का उमेदवार एवम् नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य विनाेद चाैधरी , क्षेत्र नं १ ख प्रदेश सभा सदस्य पदका उमेदवार देवकरण कलवार {सन्तु} लगाएतका नेताहरुले आफ्नो भनाइ राख्नुभएकाे कंडेलका स्वकिय सचिव रायमाझीले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित